राष्ट्रपतिकाे प्रेस सल्लाहकारमा पोखरेल नियुक्त

Nepal Cover
२६ चैत्र २०७९, आईतवार
image

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकार किरण पोखरेल नियुक्त भएकाे छ।

आइतबार सूचना आयोगका पूर्वआयुक्त तथा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले  प्रेस सल्लाहकारमा नियुक्त गरेकाे हाे।

राष्ट्रपतिले यसअघि राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन्।