प्रशासकीय अधिकृतविरुद्ध डेढ करोड भ्रष्टाचारको अभियोग

  Sampatti News Online

April 9, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

उनीविरुद्ध विशेष अदालतमा एक करोड ४९ लाख ९७ हजार ८६३ रुपैयाँ बिगो दाबी गरिएको भ्रष्टाचार मुद्दा दायर भएको हो । उनले पदीय दुरुपयोग गरेर कमाएको अकुत सम्पत्ति श्रीमतीको नाममा घरजग्गामा लगानी गरेको समेत पाइएको अख्तियारको दाबी छ ।
सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५१ वैशाख २९ गतेदेखि २०७९ जेठ २५ गतेसम्म आर्जन गरेको सम्पत्ति जाँच गर्दा १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ गैरकानूनीरूपमा आर्जन गरेको पाइएको हो ।

गुप्ताले जाँच अवधिमा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नो तथा श्रीमती उषा गुप्ताको नाममा राखेको अभियोगपत्रमा उल्लेख छ ।

प्रकाशित मिति:April 9, 2023