प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  Sampatti News Online

April 10, 2023

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएका छन् । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति:April 10, 2023