सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय

  Sampatti News Online

April 10, 2023

काठमाडौँ — अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् ।  आर्थिक पत्रकार संघसँग शुक्रबार भएको भेटमा अर्थसचिव रायले बर्सेनि साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने टिप्पणी गरे ।

सचिव रायले भने, ‘यसरी अर्बौँ रुपैयाँ कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ। त्यसैले जनगणना २०६८ मा जति नागरिक पुगेका छन् सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा बाँध्नुपर्छ ।’

सरकारले वार्षिक रूपमा करिब एक सय अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको बताउँदै राज्य कोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको सचिव रायाको भनाई छ ।

सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भएकोले रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको जिकिर गर्दै सचिव रायाले यसो गर्न सके सामाजिक सुरक्षाको दायित्व घट्ने बताए ।

प्रकाशित मिति:April 10, 2023