२० हजार घुससहित एक इन्जिनियर पक्राउ

  Sampatti News Online

April 11, 2023

काठमाडौँ। सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा  सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मेहतालाई घुस रकमसहित सोमबार पक्राउ गरेको हो । घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:April 11, 2023