राष्ट्र बैंकले नीति बदल्नुपर्छ : अर्थमन्त्री महत

  Sampatti News Online

April 11, 2023

८ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैद्रिक नीतिकाे समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बाेधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘बाह्य अवस्था राम्रो छ । रेमिट्यान्स बढेकाे छ । तर बजार मन्दीकाे अवस्थामा छ,’ अर्थमन्त्री महतले भने, ‘याे भनेकाे काभिड-१९ पछिकाे अर्थतन्त्रको दबाब कम गर्न लिइएकाे माैद्रिक नीतिकाे कारणले हाे । अब यसलाई फुकाउने बेला भयाे ।’

आयात राेकेका कारण राजश्वमा दबाब देखिएकाे भन्दै उनले बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताए ।

‘बजारमा समस्या देखिन्छ, सटर लागेका छन् । सबै क्षेत्र मन्दीकाे अवस्थामा छ । तर अब राष्ट्र बैंकको पाेलेसी सिफ्ट गर्नुपर्छ,’ उनले थपे, ‘निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर नै परिवर्तनका लागि हामी आन्तरिक छलफलमा छाैं ।’

घरजग्गाकाे कित्ताकाट सहज बनाउन छलफल भइरहेको छ । यससबाट बजार सहज हुन्छ । अब काम गर्न सकिने अवस्था बन्छ । ऋण पुनर्तालीका र सहजीकरण गर्न सकिन्छ तर ब्याज र साँवा नै तिर्दिन भन्न पाइन्नँ’ अर्थमन्त्री महतले भने ।

प्रकाशित मिति:April 11, 2023