April 11, 2023
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार (आज) नेप्से २७.३१ अंकले बढेर एक हजार ८ सय ७१ दशमलब ३३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ५.५४ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ०२ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज ९४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ९१ करोड १९लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीकोे शेयरमूल्य घटेको छ । कारोबारमा आएका एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४१४.८० रुपैयाँ पुगेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.६९प्रतिशतले बढेर प्रतिकित्ता १०७५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दाबढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड १० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
प्रकाशित मिति:April 11, 2023
November 24, 2024