रौतहट २८ चैत। विभिन्न मुद्दाका १४ जना फारार अभियुक्त रौतहट प्रहरीको फन्दामा परेका छन। गत फागुन र चैत महिनाको २७ गतेसम्मको अवधिमा जिल्ला प्रहरी तथा तथा मातहतका यूनिट बाट खटिएको प्रहरी टोलीले फरारको सूचीमा रहेका १४ जना अभियुक्त लाई पक्राउ गरेको हो।
जिल्ला अदालतको विभिन्न मितिको फैसालाले उनीहरुवाट १ वर्ष १ महिना १० दिन कैद र तीन लाख ६६ हजार सात सय ६२ रुपैया जरिवाना भुक्तान गर्न वाकी रहेको रौतहट प्रहरी प्रमूख एसपी वीरबहादुर बुढामगरले बताएका छन।
पक्राउ अभियुक्त लाई जरिबाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत रौतहटको निर्देशन अनुसार जिल्ला कारागार गौरमा पठाईएको एसपी बुढामगरले जानकारी दिएका छन।