मालपोत कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

  Sampatti News Online

April 12, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा किनबेचका क्रममा उठेको राजस्व हिनामिना गरेको अभियोगमा मातलपोत कार्यालय पर्साका तत्कालीन दुई जना मालपोत प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्काली कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल,गमबहादुर विश्वकर्मा,नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध ९३ लाख ६६ हजार २०९ रुपैयाँ भ्रष्टाचार कसूरमा मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेको तथ्य र प्रमाणबमोजिम चार जनालाई राजस्व हिनामिनाको कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरिएको बताए । उनका अनुसार जग्गा किनबेचका क्रममा रकम हिनामिना गरेको उजुरी निवदेनका आधारमा अनुसन्धान गर्दा उनीहरू भ्रष्टाचारजन्य कसूरमा संलग्न रहेको पाइएको हो।

उनीहरूबिरुद्ध हिनामिना रकमको दोब्बर रकम बीगोसहित सजाय माग गरिएको छ।

प्रकाशित मिति:April 12, 2023