विकास बैंकहरुले पनि गरे ब्याजदर घटाउने निर्णय

  Sampatti News Online

April 12, 2023

काठमाडौं । विकास बैंकहरुले पनि बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएका छन् । बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।

डिबानका उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाकाअनुसार निक्षेपको ब्याजदर १ प्रतिशत विन्दूले घटाउने निर्णय भएको छ ।

विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साबिकको ११.६ प्रतिशतबाट घटाएर १०.६ प्रतिशत झार्ने निर्णय गरेका छन् ।

यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ८.६० प्रतिशत बनाइएको छ । बचतको ब्याजदर पनि साबिकमा ०.६० प्रतिशत विन्दूले घटाउने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति:April 12, 2023