मन्त्रीको गुनासो : कर्मचारी खटाएको ठाउँमा जाँदैनन्

  Sampatti News Online

April 12, 2023

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा समय लिएर बोलेका उनले कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने र मेयर, अध्यक्ष तथा राजनीतिक दलका नेताले आफ्नो स्थानीय तहमा आफू अनुकुलका कर्मचारी खोज्ने गरेको बताए ।

५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । विकट सुन्न चाहँदैन । सबै उपत्यका र काठमाडौँ वरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ,” उनले भने, “म एकरूप सरुवा प्रणालीमा कटिबद्ध छु । भर्खर आएको छु, मन्त्रालयमा बुझ्दै छु ।

पठाएका कर्मचारी हाजिरै गर्नसमेत नगएको भेटिएको उनको भनाई छ ।

प्रकाशित मिति:April 12, 2023