नेप्से परिसूचक उच्च अंकले वृद्धि

Nepal Cover
२९ चैत्र २०७९, बुधबार
image

काठमाडौं ।बैंक तथा वित्तीय संस्थाहरुले वैशाख महिनादेखि ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजार प्रभावित भएको छ। पछिल्ला दिनहरुमा सुस्त रहेको बजारमा यस दिन भने रौनक देखिएको हो।

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झार्ने निर्णय गरेका थिए। त्यसैगरी, फाइनान्स कम्पनीहरुले पनि मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतविन्दु घटाएका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार उच्च अंकले बढेको छ । आज नेप्से ९२.२२ अंकले बढेर एक हजार ९ सय ६३. दशमलब ५५ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २७.३१ अंकले बढेर एक हजार ८ सय ७१ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज एक अर्ब ९२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ९४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २१८ कम्पनीको शेयरमूल्य बढेको छ ।

नेप्सेका अनुसार १७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १२ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले बढेर सर्किट लेभलमा पुगेको छ । 

नेप्सेका अनुसार आज डिबेञ्चर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य एक प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ११ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।