एकैदिन दुई कम्पनीको आईपीओ सूचिकृत

  Sampatti News Online

April 13, 2023

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सगरमाथा जलविद्युत कम्पनी र मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ सूचिकृत भएको छ ।

नेप्सेमा सगरमाथा जलविद्युत कम्पनीको १ करोड १२ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि १११ रुपैंया ४१ पैसा देखि अधिकतम ३३४ रुपैंया २३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एसएमजेसी’ रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुमा वितरण गरिएको ११ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि वितरण गरेको ४३ लाख ६८ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ५७ लाख १२ हजार कित्ता गरेर कुल १ करोड १२ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

त्यसैगरी,मोलुङ हाइड्रोपावर कम्पनीको ८० लाख २५ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ६० रुपैंया ६२ पैसा देखि अधिकतम १८१ रुपैंया ७६ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एमएचसिएल’ रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुमा वितरण गरिएको ८ लाख २ हजार ५०० कित्ता, सर्वसाधारणको लागि वितरण गरेको २७ लाख २८ हजार ५०० कित्ता र संस्थापकहरूले लगानी गरेको ४४ लाख ९४ हजार कित्ता गरेर कुल ८० लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

सूचिकृत पश्चात दुवै कम्पनीको सेयर भोली बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति:April 13, 2023