काठमाडौँ । राजश्व अनुसन्धान विभागको नक्कली परिचय पत्र बनाई ठगी गर्दै आएका प्रमेश महतो तत्मा पक्राउ परेका छन् ।
राजश्व अनुसन्धान अधिकृतको कार्ड बनाई व्यवसायीहरूलाई धाक धम्की दिई ठग्दै आएका तत्मालाई विभाग र जिल्ला प्रहरी कार्यालय भक्तपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
विभागको नक्कली परिचय पत्र बनाई विभिन्न व्यवसायीहरूको कारोबार स्थलमा गई धाक धम्की दिँदै ठगी गर्ने गरेको सूचनाका आधारमा उनी संलग्न भई सञ्चालित तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मङ्गलवार दिउँसो तत्मालाई पक्राउ गरिएको स्रोतले बताएको छ ।
थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरमा बुझाएको छ ।