काठमाडौं । दर्जनौं सचिब सरुवाको अन्तिम तयारी भैरहेको बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताउदै गर्दा एक पत्रकारले हालैका सचिब बिनोदप्रकास सिहबाट यो अभियान सफल नहुने प्रक्रिया दिएका छ्न।
उपप्रधानमन्त्री तथा गृहमन्त्री भन्नुहुन्छ , ‘अवान्छित चलखेलबाट मुक्त राखिन्छ तर अब भित्र्याउन लागिएको सचिब भेगिय र जातीय आधारमा ल्याउन खोजे त्यो गफ मै सिमित हुने ती सन्चारर्कर्मी ले बताएका छ्न।

१० गते हुने निर्वाचनको आचारसंहिताका कारण सचिब हेरफेर रोकिए पनि निर्वाचन लगत्तै गृह अर्थ सचिव सहित दर्जनौं सचिबहरु फेरबदल हुने प्रधानमन्त्री सचिवालय श्रोतबाट बुझिएको छ। आकर्षक मन्त्रालयमा जान लबिङका निम्ति कतिपय सचिबहरुले नेताहरूको एकचरणको घरदैलो अभियान सकिसकेका छ्न भने कतिपय सचिबहरु जागीर कसरी खाने र कुन ठाउँमा जादा भनेको ठाउँमा पुगिन्छ भन्ने दोधारमा भोलि उठिकहा जाने केही थाहा छैन भन्ने गित सम्झेर तनाब मै बसेका छ्न।
अब आउने गृह सचिब हाम्रो भन्दा नि राम्रो उपप्रधानमन्त्री श्रेष्ठ लाई आफ्नो भनाइ साच्चै व्यबहारमा उतार्न लाई चाहिएको हो भने लोकसेवा आयोगमा कार्यरत सचिब राजकुमार श्रेष्ठ लाई भित्र्याउने मुड मा पुग्नुभएका मन्त्रीले त्यो मुडलाई बदल्नु पर्छ।
सचिब श्रेष्ठ गोरखा जिल्ला वासी सहित टाढाको नातावादलाई हेर्नुभन्दा गृह प्रशासन र ठुला जिल्लामा कुशलता पुर्वक प्रजिअ चलाइसकेका मानव अधिकार आयोगले कार्वाही गर्न सिफारिस नगरेकालाई गृह सचिब बनाउन सक्दा उपप्रधानमन्त्री श्रेष्ठले बोलेका कुरा व्यबहारमा ल्याउन सजिलो होला सचिब सरुवाहुने चर्चा सगै यस्ता धारणा बाहिरेका छ्न।
सुरक्षा निकाय हाम्रो गौरव हुुनुपर्ने भन्दै सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने मन्त्रीले मंगलवार बताइरहदा ‘सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्यो भने मनोबल उठ्दैन’, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ उहाँले भन्दै गर्दा गृह प्रशासनमा विचौलियाको भूमिकालाई शून्यमा झार्ने उहाँले उद्घोष गरिरहदा हेरौ गृहमा कस्ता सचिब भित्र्याउछ्न ? र बाकी मन्त्रालयहरुमा पहुँच नपुग्ने र क्षमतावान सचिबहरुको अभिभावक साच्चै बन्न सक्छ्न सक्दैनन ? सरुवा सकिए सगै त्यतिबेला नै उहाको बोलाइ र गराइ बीचको भिन्नता छुट्टाउला सन्चारकर्मीले उहाले नै आयोजना गर्नुभएको पत्रकार सम्मेलनको अन्तमा सम्पती न्युज सग भने।