पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  Sampatti News Online

April 19, 2023

काठमाडौं पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। स्वास्थ्य मन्त्रालयले देशभरका खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ।

दुई दिने राष्ट्रिय अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ भने १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।

प्रकाशित मिति:April 19, 2023