दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

Nepal Cover
१३ बैशाख २०८०, बुधबार
image

काठमाडौं ।मंगलबार दोहोरो अंकले बढेरको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको हो । शेयर बजारको उकालो यात्रा टिक्न सकेको छैन ।

आज नेप्से १३.६८ अंकले घटेर एक हजार ८ सय ९२ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको थियो ।    

त्यस्तै, आज ८४ करोड ७० लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ३.२५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.१२ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन तारागाउँ रिजेन्सी होटलको करिब ४ करोडको शेयर खरिदबिक्री भएको छ भने एभरेष्ट बैंकको ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। 

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैंक र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।