प्रहरीले संसद सचिवालयमा पठायो पत्र, सांसद कोइरीलाई पक्राउ गर्ने तयारी

  Sampatti News Online

May 1, 2023

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्ने तयारी गरिएको छ। प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ ।

संसद सचिवालयका अनुसार दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र सचिवालयमा पुगेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।

सभामुख देवराज घिमिरेका अनुसार प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित रहेका छन् ।

प्रकाशित मिति:May 1, 2023