नाबालिका भगाउने घटनामा नेताको घिनलाग्दो राजनिती, प्रहरी द्वारा बेवास्ता

  Sampatti News Online

May 2, 2023

रौतहट १९ वैशाख। पछील्लो समय रौतहटमा केहीदलको नेताहरुको घिनौना राजनिती र प्रहरिले बेवास्ता गरेको कारण ललाई फकाई नाबालिका केटि भागाउने घटना बढ्दै गएको छ। गत स्थानिय निर्वाचनमा पराजित भएका केही नेताको भोटको घिनलाग्दो राजनिती र प्रहरीको बेवास्ताको कारण मात्र १ महिनाको अवधिमा कटहरीया नगरक्षेत्र भित्र तिनवटा त्यस्ता घटना भएको हो। 

दुईसाता अघि कटहरिया ५ तपेसर महतो नुनियाको छोरा बर्ष २५ को मेउवा भन्ने मेघु महतो नुनियाले एकजना स्थानिय मात्र १४ वर्षकी मुस्लिमको नाबालिका छोरीलाई भागाई लगेको छ। महतोले चालक अनुमतिपत्र नभएपनि पछिल्लो केहीवर्ष देखि कटहरिया बजारको एकजना कपडा पसलेको स्कार्पियो चलाउँदै आएको थियो। गाडी चलाउँदा बाहीर जाने, गाडिको काम नभए उनै साउको पसलमा बसेर केटिको घरामा आउजाउ गर्नेगरेको थिए। ललाई फकाई विभिन्न प्रलोभन देखाई १६ दिन अघि म्युवा भन्ने मेघुले उक्त १४ वर्षीया बालिका लाई भगाए।

बालिका भगाउन उनका केहि सहयोगी साथीले भारत को रेलवे स्टेशन घोडासहन सम्म पुर्याएको चर्चा छ। घटना बारे त्यसको छरछिमेकमा प्रायः सबै लाई थाहा पनि छ। तर कसैले केही नबताए पछी बालिकाको बुबाले ईलाका प्रहरी कार्यालय गरुडामा १२ दिन अघि मेघू महतो लाई विपक्षी बनाएर नाबालिकाको जन्मदर्ता सहित लिखीत उजुरी दिएको छ। उजूरी दिएपछि ईलाका प्रहरी कार्यालय गरुडामा  पटकपटक गएर अनुरोध गर्दा पनि डिएसपि छेदीलाल कामातीले कुनै वास्ता नगरेको पीडितले दुःखेसो पोखेका छन।

कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले डिएसपि कामतिलाई यस्ता घटनाले समाजमा नकारात्मक प्रभाव पर्छ पहल गर्नुस ध्यान दिनुस भन्दा भान्दै थाकिसकेको बताएका छन। आरोपी केटी लिएर भारत फरार भएको छ भने त्यसकाे कल डिटेल निकाल्नुस् कोको संग सम्पर्कमा छ आफै खुल्छ भन्दा पनि डिएसपि कामाटीले कुरै न सुन्ने गरेको वडा अध्यक्ष कुशवाहाले गुनासो गरेका छन। स्रोतका अनुसार आरोपी महतो 

कटहरियाका एकजना नेताको सम्पर्कमा छ तर उक्त कथित नेताले घिनलाग्दो राजनिती सुरुगारेका छन। गत निर्वचनमा पीडित परिवारले आफूलाई भोट नदिइएको कारण किन सहयोग गर्ने उल्टो गतिबिधि गरीरहेको स्रोतले दावी गरेको छ। यसरी समाजमा नेताले घिनलाग्दो राजनिती सुरुगर्नु र प्रहरीले बेवास्ता नगरेकै कारण थप दुईजना नाबालिका भगाउने घटना भएको छ। मेघुु को घटना अघि कटहरिया ५ कै रामचन्द्र गोसाईं को छोरा वर्ष २२ को लक्षमी गोसाईंले  आफ्नै छिमेकी एकजना राजपूतको १६ वर्षीया छोरीलाई भगाएका छन।

लक्षमीले बालिका भगाएको घटनाको झण्डै एकमहिना हुन लागेको छ। बालिकाकी आमा बिधवा महिलाले छोरी खोजिदिन गाउँ टोल भौंतारिरहेकी छिन तर उनको पीडा सन्ने कोई छैन। त्यसैगरि सो घटना अघि कटहरिया ५ का महेश्वर सिंहका २० वर्षिय छोरा किसन ले एकजना स्थानिय बैठा थरको छोरी भगाएको छ । मात्र १ महिना भित्र कटहरीया ५ मा तिनवटा नाबालिका भगाउने घटना हुँदा पनि प्रहरिका साथै निर्वाचीत जनप्रतिनिधिले पनि वास्ता गरेका छैनन। केही जनप्रतिनिधि भोटको राजनीतिमा लागेका छन। एउटा नेता सदैव जनताको सुखदुःख मा हुनुपर्छ त्यो मुलमर्म बिर्सिएका छन।

रौतहट प्रहरी प्रमूख एसपी वीरबहादुर बुढामगरले नाबालिका लाई प्रलोभन देखाएर भगाउने कुनै पनि अपराधी लाईछुट नहुने उ जहाँ भएपनि पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन।  नेपालको संविधानमा नाबालिका लाई कूनै किसिमले ललाई फकाई कूनै प्रलोभन देखाएर भगाउने मानिस कानुनतः अपराधी ठहर हुन्छ। साथै नाबालिका भगाउन सहयोग गर्ने सहयोगी पनि मतियारको रूपमा दोषि ठहर हुन्छ। सदरमुकाम गौरका अधिवक्ता सुरेश तिवारीले जस्ताे सुकै प्रलोभनमा पारेर नाबालिका भगाउने कानुनन्त दोषी ठहर हुन्छ। उसलाई अवस्था घटना प्रकृति हेरेर १४ देखि १८ वर्ष सम्म कैद हुनसक्ने साथै मातियार लाई पनि सोही सरहको सजायको व्यवस्था रहेकाे अधिवक्ता तिवारीले जानकारी दिएका छन।

प्रकाशित मिति:May 2, 2023