उपसचिव भट्टराईविरुद्ध १ करोड १५ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

May 2, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव सुन्दर भट्टराईविरुद्ध १ करोड १५ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार उपसचिव भट्टराइको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको छ ।

आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हो ।
भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

उनले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराई र आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति:May 2, 2023