काठमाडौं महानगरले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन

  Sampatti News Online

May 3, 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरले एक सयजना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो । 

वैशाख १० गते प्रकाशन गरेको सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ । 

सात दिनभित्र महानगरपालिका, प्रशासन विभागमा निवेदन दिन आह्वान गरेको महानगरले नेपाल प्रहरी तर्फको सूचीबाट खुलामा २४ जना, नेपाल सशस्त्र प्रहरीको तर्फबाट १४ जना, महिलातर्फ १५ जना, आदिवासी/जनजातितर्फ १२ जना, मधेसीतर्फ १ जना, दलिततर्फ ३ जना र अल्पसङ्ख्यकतर्फ १ जना गरी ७० जनाको माग गरेको हो ।

प्रकाशित मिति:May 3, 2023