यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  Sampatti News Online

May 3, 2023

काठमाडौँ ।सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यो अधिवेशनमा आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।

सरकारले विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ ।

बैठकले वैशाख २४ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र टिम अफिसियललाई जनही तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने, कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने र विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति:May 3, 2023