पूर्वगृहमन्त्री बादलका छोराविरूद्ध पनि पक्राउ पुर्जी

Nepal Cover
२० बैशाख २०८०, बुधबार
image

काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि आजै पक्राउ पुर्जी जारी भएको छ। 

यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा  संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो।