नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सुधार 

  Sampatti News Online

May 9, 2023

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको तेस्रो दिन मंगलबार (आज) दोहोरो अंकले बढेको छ । आज नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १६.९३ अंकले घटेर एक हजार ८ सय ३३ दशमलब ६९ विन्दुमा बन्द भएको थियो ।

नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज ७७ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबार भएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पिपुल्स पावर कम्पनीको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता २६९.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति:May 9, 2023