कति छ आज विदेशी मुद्राको विनिमय दर

  Sampatti News Online

May 11, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ११ पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, डलरको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ६३ पैसा र बिक्री दर १४४ रुपैयाँ ०२ पैसा रहेको छ।

प्रकाशित मिति:May 11, 2023