रोकिएन शेयर बजारको गिरावट

  Sampatti News Online

May 11, 2023

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे २ अंक घटेर बन्द भएको नेप्से, यस दिन ३.३४ अंक घटेर १८३८.५९ विन्दुमा झरेको छ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५७ करोड ८८ लाख ४१ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बुधबार नेप्सेमा ५८ करोड ९१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

आज कारोबार भएका ६४ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ६६१ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त व्त्तिीय संस्था र बाराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज तीन करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:May 11, 2023