रौतहट २९ वैशाख । रौतहटका सिडियाे धर्मेन्द्र कुमार मिश्रले राहदानी पासपोर्ट लिनका लागी अनलाइन आवेदन फर्म भर्न आग्रह गरेका छन। राहदानी लिन सर्वसाधारण कैयौ पटक विचौलियाहरुबाट ठगिदै आएको अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटमा अन्लाईन आवेदन फर्म भर्न सिडियो मिश्रले जिल्ला बासिलाई आग्रह गरेका हुन।
कार्यालय बाहीर रहेका कैयौं साई्वर सञ्चालकले आवेदन फर्म भर्न बढी रकम लिएर सेवाग्राहि लाई ठग्दै आएको गुनासो बढ्न थालेपछि सिडियाे मिश्रको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा अन्लाईन आवेदन फर्म भर्ने व्यवस्थापन गरिएको नायबसुब्बा रामनरेश साहले जानकारी दिएका छन।
अगामी जेठ ८ गतेसम्म परिक्षण अवधी राखेर जेठ ९ गते देखि विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमै पासपोर्टको लागि आवेदन फर्म अनलाइन भर्ने व्यवस्थापन भैरहेको सिडियो धर्मेन्द्र मिश्रले बताएका छन।
अन्लाईन फारम भर्दा ग्रामिण भेगका सेवाग्राहरुलाई सुविधा हुने तथा सहज ढंगबाट सेवा प्रदान गरिने सिडियाे मिश्रले विश्वास लिएका छन्।