शिक्षित यूवा किशोर द्वारा आत्महत्याको घटना बढ्दो अभिभावक गम्भिर हुनु जरूरी

  Sampatti News Online

May 12, 2023

रौतहट २९ बैशाख। पछिल्लाे समय रौतहटको कटहरीय नगरपालिका अन्तर्गत घरभई विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत छात्रछात्रा द्धारा आत्महत्या गर्ने घटना बढ्दै गएको छ। जुनसुकै कारणले भएपनि शिक्षीत यूवा तथा किशोर किशोरी द्धारा भैरहेको आत्महत्या नियन्त्रण गर्न अभिभावक हरु गम्भिर हुनु जरूरी देखिएकाे छ।

पछिल्लाे केही महिनाको अवधीमा कटहरिय ५ एउटै वडाका चारजना किशोर किशोरी ले आत्महत्या गर्नु सम्पूर्ण अभिभावकका लागी ठूलो चिन्ताको बिषय बनेको छ। हिजो बिहीवार कटहरिया ५ का जयनाराण साहका २४ वर्षका प्रदीप साह सोनारले घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन्। घारमा कोई नरहेको अवस्थामा वीहान साढे ८ बजे घरमा झुण्डिरहेको सिलिङ पंखामा गमछाको पासो लगाएर उनले आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका असई  परमेश्वर यादवले बताएका छन्।

पछिल्लाे केही समय देखि मानसिक रोगको औषधी खाइरहेका मृतक प्रदीप साहको शब पोष्टमार्टमको लागी जिल्ला अस्पाताल गौर पठाईएको प्रहरिले जनाएको छ। उनको आत्महत्याको कारण भने खुल्न नसकेको तथा घटना बारे अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। माबि कटहरियामा ब्याचलर कक्षामा अध्ययनरत मृतक प्रदिप साह पछिल्लाे केही महिनादेखि एउटा निजि बोडिङ्गमा अध्यापन गराउँदै आएका थिए।

बिहीवार बिहानको कक्षामा पढाएर घर फर्के लगत्तै आत्महत्या गरेको उनको एकजना सहकर्मीले जनाएका छन। यस अघी मात्र २ महीनाको अवधिमा कटहरिया ५ का नवल साह सोनारका १८ वर्षिय छोरा सागर साह, राजकमार साहको छोरी १५ कि खुस्बु कुमारी , सिकिद्र यादवको छोरी ममता अनीता कुमारीले घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन।

उनीहरूको आत्महत्याको कारण भने खुल्न सकेको छैन। माबि कटहरियाका प्रधानाध्यापक सचिन्द्र यादवले डिप्रेसन अर्थात मानसिक अबस्था ठिक नभएको कारण अहीले शिक्षित युवा युवती तथा किशोर किशोरीले आत्महत्या गर्ने गरेको बताएका छन। माबि तह तथा उच्च कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न कारणले डिप्रेसन हुनसक्छ।

यसरी डिप्रेसनको सिकार हुने जुनबर्गको पनि यूवा युवति किशोर किशोरी हुनसक्ने भएकाले उनीहरूको अभिभावक गम्भिर हुन जरूरी रहेकाे छ। पारिवारिक कलह, आर्थिक कठिनाई,पठनपाठनमा समस्या तथा कतिपय छात्रछात्रा माया प्रेमको चक्करमा परेर पनि डिप्रेसनको सिकार हुने गर्दछ।

डिप्रेसनका सिकार छात्रछात्रा सानो सानो कुराको निहुँमा आत्महत्या गर्ने गरेको प्रधानाध्यापक यादवले बताएका छन। यसरी डिप्रेसनमा परेका छात्रछात्रा विद्यालय भन्दा घर परिवारमा अवाञ्छित गतिविधि देखाउँछन्। गलत क्रियाकलाप देखिनासाथ अभिभावकले त्यस्ता विद्यार्थीको उपचार गराउन जरूरि छ।

डिप्रेसनका सिकार विद्यार्थीको समयमा उपचार गराउन सकेमा ठूलो घटना हुनबाट जोगाउन सकिन्छ। पछील्लो समय विद्यार्थी माझ देखिएकाे यस्तो गतिबिधि नियन्त्रण गर्न विद्यालय ब्यवस्थापन समितिले एकजना विशेषज्ञ चिकित्सकको सहयाेगमा विद्यार्थी लाई नियमित सम्झाई बुझाई परामर्श दिलाउन जरुरी छ। यसरी विद्यालय क्याम्पसका विद्यार्थीहरुमाई मानसिक रोग विषेशज्ञ चिकित्सकको सल्लाह सुझाव परामर्श दिलाउन सकेमा बढ्दो आत्महत्याको घटना न्यून हुनसक्ने माबि कटहरियाका प्रधानाध्यापक साचिन्द्र यादवले विचार राखेका छन्।

सञ्जय मिश्रा

प्रकाशित मिति:May 12, 2023