काठमाडौँमा विज्ञापनजन्य सामग्री बाँड्नेलाई महानगले गर्‍यो कारबाही

  Sampatti News Online

May 12, 2023

काठमाडौं :  काठमाडौं महानगरपालिकाले परीक्षा केन्द्र भएको क्याम्पस अगाडि विज्ञापनका पर्चा बाँड्ने ६१ जनालाई नियन्त्रणमा लिएको छ। पर्चा बाँड्ने कलेजका विद्यार्थी,इन्ष्टिच्युट  र विभिन्न कम्पनीका कर्मचारीहरू पक्राउ परेको महानगर प्रहरीले जनाएको छ।

पटक पटक सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको महानगरले जनाएको छ ।

महानगरका अनुसार पहिलो पटक कारबाही गर्न लागिएको संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

प्रकाशित मिति:May 12, 2023