पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

  Sampatti News Online

May 14, 2023

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

रामेछाप १ बाट निर्वाचित सांसद शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी भएको काठमाडौं प्रहरी परिसरले बतायो ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको सार्वजनिक भएपछि पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति:May 14, 2023