सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी

  Sampatti News Online

May 14, 2023

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ गत नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो ।

संविधानकाे धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बाेधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हाे । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति:May 14, 2023