पूर्वगृहमन्त्री खाणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

Nepal Cover
१ जेष्ठ २०८०, सोमबार
image

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणनार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालय लगिएको छ।

काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको हो। शरणार्थी प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी हिजोमात्र काठमाडौंबाट पक्राउ परेका छन्। उनलाई आज म्याद थप गर्ने तयारी छ। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीकविरूद्ध आइतबार पक्राउ पुर्जी जारी भएको छ