पक्राउ परे टोपबहादुर रायमाझी

  Sampatti News Online

May 15, 2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार उनी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बूढानीलकण्ठबाट पक्राउ नियन्त्रणमा लिएको हो।

रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएदेखि नै उनी फरार रहेको प्रहरीले जनाएको छ। सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:May 15, 2023