सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Nepal Cover
१ जेष्ठ २०८०, सोमबार
image

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।