May 16, 2023
रौतहट । बिभिन्न संवैधानिक निकायहरुमाथि प्रश्न चिन्ह खडा भएको बेला रौतहट जिल्ला अदालतका एकजना न्यायाधीश आर्थीक प्रभावमा परेर हत्याका आरोपीलाई धरौटीमा छोडेको दाबी गरिएको छ। कर्तव्य ज्यान अर्थात हत्या मुद्दाका आरोपि तीन जनालाई रौतहट जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै पीडित परिवारले अदालत र स्थानीय प्रशासन विरुद्ध गौरमा प्रदर्शन समेत गरेका छन् ।
पीडित परिवारले घटना बारे पत्रकार सम्मेलन समेत गरेका थिए।
गढीमाइ नगरपालिका ८ धोविनिया गाउँमा बाटो फराकिलो बनाउने विषयमा गत बैशाख २ गते दुईपक्षीय झड्प संगै गोली लागेर ५० बर्षिय राजकुमार राय यादवको हत्या मृत्यु भएको थियो।
श्याम भन्ने श्यामकिशोर यादव, उनको दाजु रामबहादुर राय यादव, काकाको छोरा रामएकवाल राय यादव, भतिज दिनेश राय यादव समेतले गोली प्रहार गर्दा राजकुमार राय यादवको मृत्यु हुनुका साथै गोली लागेर निरञ्जन यादव, बालधर राय यादव, रामप्रताप राय यादव र कपिलदेव यादव घाइते भएका थियो ।
घटना लगत्तै गएको प्रहरीले श्यामकिशोर राय यादव, रामबहादुर राय यादव, रामएकवाल राय यादव, राम सेवक राय यादव, र दिनेश राय यादवलाई नियन्त्रणमा लिएको थियो। अन्य दुईजना रामइश्वर राय यादव र राजेश्वर राय यादव फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय गरुडाले उनीहरु माथी कर्तव्य ज्यान तथा हातहतियार कसुरमा मुद्दा चलाएर सरकारि वकिल मार्फत जिल्ला अदालतमा पेस गरेका थिए। गत शुक्रवार जिल्ला न्यायाधिश गहेन्द्रराज पन्तको इजलाशले सुनुवाई पछी पक्राउपरेका मध्ये रामएकबाल राय यादव, रामसेवक राय यादव र दिनेश राय यादवलाई धरौटीमा रिहा गर्ने र श्यामकिशोर राय यादव र रामबहादुर राय यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो। आईतवार पत्रकार सम्मेलनमा अदालतको यस्तो आदेशले पीडितहरु झन् पीडित भएको मृतक यादवको श्रीमती अन्जु देवी यादवले बताइन ।
ठूलाबडा तथा राजनीतिक दलको प्रभावमा प्रहरी, सरकारी वकिल र अदालतले आर्थिक सेटिंग गरेर गोली प्रहार गरेका अभियुक्तहरुलाई धरौटीमा छाडेपछि आफूहरु असुरक्षित भएको बताएकी थिइन। छाड्नै नहुँने अपराधीहरुलाई छाडेकोमा न्याय परिषद् संग छानविनका लागि मृतकको श्रीमती अन्जुले माग गरिन् ।
प्रकाशित मिति:May 16, 2023
November 24, 2024