अब ७ रुपैयाँमै भारतमा रोमिङ कल गर्न पाईने

Nepal Cover
२ जेष्ठ २०८०, मंगलवार
image

अब भारतबाट नेपालमा रोमिङ लिएर कल गर्दा प्रति मिनेट ७ रुपैयाँ मात्रै लाग्ने भएको छ । यसअघि प्रति मिनेट ३० रुपैयाँ लाग्दै आएको यस्तो कल शुल्क घट्ने भएको हो ।

‘केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भारत भ्रमणको बेला त्यहाँका नेपालीले उठाएको एउटा माग पूरा भएको छ । अहिले नेपालीहरु रोमिङ सुविधा लिएर भारत जादा नेपाल टेलिकमको सिममार्फत भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘लामो गृहकार्यपछि प्रतिमिनेट २३ रुपैयाँ घटाएर अब नेपाली सिमबाट भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ लाग्ने गरी शुल्क निर्धारणको तयारी गरिएको छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीका अनुसार सञ्चारमन्त्री रेखा शर्माको भारत भ्रमणको बेला त्यहाँका नेपालीले उठाएको एउटा माग पुरा भएकाे छ ।

सञ्चारमन्त्री रेखा शर्माको गत चैतको भारत भ्रमणमा नेपाल भारत टेलिफोन सेवा शुल्कबारे कुरा उठाएकी थिइन । अहिले सो बिषय सम्बोधन भएको मन्त्रालयले जनाएको छ ।