वुटवलमा भ्रष्टाचार र राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध दुई क्रान्तिकारी पार्टीको सभा

  Sampatti News Online

May 16, 2023

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण, मानव तस्करहरू, राष्ट्रघाती नागरिकता विधेयकको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)को संयुक्त आयोजनामा विरोध र्यालीसतिको आमसभा आयोजना गरिएको छ । वुटवलको विपी चोकमा आयोजित सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)का नेताहरुले भ्रष्ट संसदीय व्यवस्थाको खारेज गरौं र नयाँ जनवादी गणतन्त्रको स्थापना गरौं भन्ने आव्हानसहित महत्वपूर्ण विरोध मन्तव्य राखिरहनु भएको छ भने चितवन र दाङमा पनि विरोध कार्यक्रमहरु भइरहेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल)ले सातवटै प्रदेश र जिल्लाहरुमा विरोध प्रदर्शनसहित आमसभाको कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार बैशाख ३० गते काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा र जेठ १ गते गण्डकी प्रदशको पोखरामा विरोधसभा सम्पन्न गरिएको छ । वुटवलमा आज प्रदेश स्तरको विरोध कार्यक्रम भइरहेको छ भने जेठ ३ गते सुर्खेत र हटौडा, जेठ ४ गते धनगढी र विराटनगर र जेठ ५ गते जनकपुरमा प्रदर्शनसहित आमसभाको कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति:May 16, 2023