सिडियो मिश्र सहितको टोली बाग्मती नदीको बाँध निरीक्षण सम्भावित जोखीम बाट जोगिन पूर्वतयारी 

  Sampatti News Online

May 17, 2023

रौतहट ३  जेठ। रौतहटका सिडियाे धर्मेन्द्र कुमार मिश्र सहित स्थानीय प्रशासनको टोली मंगलवार बागमती नदीको बाँध निरीक्षण गरेका छन।  आउनै लागेको बाढी वर्षाको समयमा नागरिकको ज्यान धनको क्षति नहोस भन्ने उदेश्यका साथ सिडियो मिश्र सहितको टोली स्थलगत निरीक्षणमा जुटेका हुन। मंगलवार टोली दूर्गा भगवती गाउँ पालिका ३ र ५ बडहरावा र मत्सरी गाउँ छेउ बागमती नदीको बाँध निरीक्षण गरेका थिए। बागमति नदिमा आउने बाढीले डुबान, कटान, संगै हुने जोखिम संग बच्न पूर्व तयारी स्वरूप निरीक्षण सुरू गरिएको सिडियो मिश्रले जानकारी दिएका छन।निरीक्षणको क्रममा केहि स्थानमा कमजोर अथवा क्षतिग्रस्त बाँध लाई अविलम्ब मर्मत गर्न बागमती लालबकैया नदि नियन्त्रण कार्यालयको कर्मचारीलाई सिडियाे धर्मेन्द्र कुमार मिश्रले निर्देशन दिएको टोलीमा सहभागी नेपाल पत्रकार महासंघ रौतहटका सभापती प्रेमचन्द्र झाले बताएका छन। त्यसैगरी बडहरवा घाटमा पूल निर्माणको लागि बागमती नदीको धार परिवर्तन गर्ने कार्य अती सिघ्र गराउन समेत निर्देशन दिईएको छ। लामोसमय देखि अलपत्र परेको पुल निर्माणको जिम्मा महालक्ष्मी विकाश निर्माण सेवाले लिएको छ।

गतवर्ष बागमती नदीले साविकको पानीको बहाव परिवर्तन गर्दै पस्चीम किनारमा बहाव सुरूहरेको थीयो। पुल निर्माणको सुरुमा बीचमा रहेको नदीको पानिको बहाव पुर्वी किनारमा पुगेको थियो। दुईबर्ष अघी स्थानीयले पानिको बहाव साबिक बनाउन खोज्दा पश्चिम किनार पुगेको कारण पुल निर्माणको काम अलपत्र परेको थियो। महालक्ष्मी बिकाश निर्माण सेवाले सोही बहावलाई पुनः साविकमा ल्याउने पछिल्लो दुईसाता देखि प्रयासरत रहेका छन।

दर्जन बढी टयाकाटर र दर्जनौं मजदुर सहीत जेसिविको सहयोगले नदीको धार परिवर्तन गर्न अहोरात्र खटिएका छन्। मौषम पूर्वानुमान महाशाखाले अबको १० दिन पछि बागमती लगायतका नदीहरूमा बाढी आउने प्रबल सम्भावना रहेको जनाएको छ। सोही पूर्वानुमान लाई मध्यनजर गर्दै टोलिले धार परिवर्तन गर्ने कार्य लाई थप तिब्रता दिन निर्माण सेवाका प्रतिनिधिलाई सुझाव दिएको हो। निरिक्षणको क्रममा दूर्गा भगवती गाउँ पालिकाका अध्यक्ष शम्भू सिंह लगायतका जनप्रतिनिधिले जोखीम रहेकाे बागमती नदीको बाँध लगायत अन्य स्थान बारे जानकारी दिएका थिए। टोलीमा सिडियाे धर्मेन्द्र कुमार मिश्र, सशस्त्रका एसपी माधव रेग्मी , राष्ट्रीय अनुसंधानका एसपी चन्दन कुमार झा, नदी नियन्तरणका प्रतिनिधि,नेपाल पत्रकार महासंघका सभाति प्रेमचन्द्र झा लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति:May 17, 2023