काठमाडैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाँलाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनमा नेता रिजालले समेत मिलेमतो गरेको आशंका लागेपछि प्रहरीले उनलाई बिहीबार सोधपुछका लागि बोलाएको थियो।
बिहीबार दिउँसो शरणार्थी प्रकरणमा संलग्न नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेलगत्तै नेता रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका हज समितिका अध्यक्ष मियाँ र नेता रिजाल दुवै जनालाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।