निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराइने, विपन्नलाई ५० युनिटसम्म बिजुली निःशुल्क

  Sampatti News Online

May 19, 2023

काठमाडौं । सरकारले खेरजाने बिजुली सस्तो दरमा उद्योगहरुलाई दिने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खरे जाने बिजुली उद्योगलाई सस्तो दरमा दिइने घोषणा गरेका हुन् ।

‘आन्तरिक खपत र निर्यातबाट बचेको बिजुली सहुलियत दरमा उद्योगहरूलाई उपलब्ध गराइनेछ,’ यस्तो बिजुलीले उद्योगहरूलाई प्रतिस्पर्धी क्षमतामा उत्पादन गर्न मद्दत पुग्नेछ,’ उनले भने ।

वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरे ।

प्रकाशित मिति:May 19, 2023