रौतहटमा छुरा प्रहार गरी खानको हत्या

Nepal Cover
६ जेष्ठ २०८०, शनिबार
image

रौतहट ६ जेठ। रौतहटमा  छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ। गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षिय शेख कवीरले छुरा प्रहार गरी छिमेकि ५० वर्षीय यार महदम खानको गएराति हत्या गरेको हो।

गएराति १० बजे दुवैजना बीच केही विवाद हुँदा कविरले खानको पेटमा  छुरा प्रहार गरेको थियो। पेट र मुटुमा गम्भिर खत लागेका खान लाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टर ले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

  घटनाको ४० मिनेट पछि खबर गर्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्न अघिनै आरोपी कबीर फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका ईन्सपेक्टर विन्देश्वर यादवले बताएका छन।  हत्याका अभियुक्त मानसिक रोगी रहेकाे उसको खोजि तथा घटना बारे अनुसन्धान भइरहेको इन्सपेक्टर यादवले जानकारी दिएका छन।

मृतक खान माधव नेपाल नेतृत्वको नेकपा एस का समर्थक रहेका थिए। यसै बीच गौर नगरपालिकको मेयर शम्भु साह प्रादेशिक अस्पताल गौरमा पुगेर मृतकको अबस्था बारे बुझ्दै फरार अभियुक्त लाई तत्काल पक्राउ तथा घटनाको सत्यतथ्य छानबिन गर्न स्थानिय प्रशासन संग माग गरेका छन। मृतक खानको शव पोषटमार्टमको लागि प्रादेशिक अस्पाताल गौरमा राखिएको छ।