मर्जर पश्चात सानिमा रिलायन्स लाइफको शेयर नेप्सेमा सूचीकृत

Nepal Cover
७ जेष्ठ २०८०, आईतवार
image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर पश्चात बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) को शेयर सूचीकृत भएको छ ।

दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा कायम हुन भएको ४ करोड १८ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सले मर्जर पश्चात बनेको कम्पनीको पहिलो शेयर कारोबारको लागि ३९१ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो आधारमा आइतबारदेखि कम्पनीको शेयर किनबेच गर्न सकिनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एसआरएलआई कारोबार संकेत प्रदान गरेको छ ।