प्रधानमन्त्री पुष्पकमल दाहालले सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने

  Sampatti News

May 23, 2023

काठमाडौँ । “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने नाराहित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने भएको छ । जेष्ठ ९, १० र ११ गते काठमाण्डौंमा हुने महाधिवेशमा देशभरबाट करिव आठसय प्रतिनिधिहरु र उद्घाटन सत्रमा सरोकारवाला, उपभोक्ताहरुको उपस्थिति रहने महासंघका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि सुन्धाराबाट ¥याली सुरु भै १० बजे कमलादी प्रज्ञा प्रतिष्ठानको भवनमा महाधिवेशन सुरु हुनेछ ।
महासंघ स्थापनाको २७ औं बर्षको अबधिसम्म आईपुग्दा ६ वटा महाधिवेशन र एउटा विशेष महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक अभ्यासलाई संस्थागत गरिसकेको छ । देशभरी क्रियाशिल उपभोक्ता समूहहरुको सकृयतामा वि.सं. २०५२ सालमा, प्रतिनिधिमूलक छाता संगठनको रुपमा महासंघको स्थापना भएको हो । महासंघ स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा समेत वन, वातावरण व्यवस्थापन तथा जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापनमा क्रियाशिल रहेको छ । राज्यको पुर्नसंरचनासंगै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको पुर्नसंरचना भई ५५५भन्दा बढी पालिकास्तरमा स्थानीय महासंघ ७७ जिल्लामा जिल्ला महासंघ सातवटै प्रदेशमा प्रदेश महासंघ गठन भई सक्रिय रुपमा क्रियाशिल रहेका छन् । महासंघलाईप्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यहासम्म पु¥याउन सहयोग गर्ने सबैमा धन्यवाद दिँदै महाधिवेशनलाई सफतला पूर्वक सम्पन्न गराउनका लागि अध्यक्ष पाठकले आग्रहसमेत गर्नुभएको छ ।
सामुदायिक वन विकास कार्यक्रम नेपाल सरकारको वन तथा वातावरण संरक्षण र प्रवद्र्धनको क्षेत्रमा बहुचर्चित, वहुआयामिक जन सहभागितामूलक सार्थक विकास अभियान हो । २०४६ सालको परिवर्तन संगै सुरु भएको यस अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफलता प्राप्त गर्न सफल भएको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरु गोलबद्ध गर्दै हाल सम्मदेशभर २२,४१५ हस्तान्तरण भएका सामुदायिक वनमा २९,०७,८७१ घरधुरीले २२,३७,६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन् । जसका कारण वन क्षेत्रको दीगो व्यवस्थापनमा करिब १ करोड ५० लाखको हाराहारीमा स्थानीय उपभोक्ताहरु यसै सामुदायिक वन कार्यक्रमको माध्यमबाट वन संरक्षण, सम्वद्र्धन, र उपयोगमा सक्रिय रहँदै आएका छन् ।

प्रकाशित मिति:May 23, 2023