बाँसबारीमा पाकिस्तान–नेपाल मैत्री पार्क

  Sampatti News

May 23, 2023

माधव अधिकारी
काठमाडौँ,९ जेठ
पाकिस्तानी राजदूतावासले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र नजिकै बाँसबारी क्लबमा पाकिस्तान–नेपाल मैत्री पार्क सञ्चालनमा ल्याएको छ । उद्घाटन कार्यक्रलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच हास्मीले नेपाल दुई देशबीचको सम्बन्ध दीगो बनाउन तथा दुई देशका नागरिकबीचको मजबुत आत्मीयतालाई प्रतिविम्वित गर्ने प्रतीकका रुपमा सो पार्क रहने बताउनुभयो । पाकिस्तानी राजदूत हास्मीले पार्क स्थापनमा सहयोग गर्ने नेपाल सरकार, नेपाली नागरिक, काठमाडौँ महानगरपालिका, एचआरएस एड्भेन्चर्स लिमिटेड लगायतलाई धन्यवाद दिनुभयो । कार्यक्रमका वक्ताहरुले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै सर्वसाधारणलाई खुला हावामा जिम गर्ने सुविधा उपलब्ध गराइदिएकोमा दूतावासप्रति आभार व्यक्त गरेका थिए । नागरिक समाजका प्रतिनिधि तथा स्थानीयबासीले सबै उमेरसमूहका व्यक्तिको स्वास्थ्य तथा वातावरण संरक्षणका लागि पार्क उपयोगी हुने बताए । पार्क हस्तान्तरण समारोहमा जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकी, काठमाडौँ महानगरपालिका–३ का वडाध्यक्ष प्रेम थापा, लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अनन्त भेटवाल,नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:May 23, 2023