जसपा नेपालका दुई मन्त्री नियुक्त, प्रचण्ड सरकारले पायो पूर्णता

  Sampatti News Online

May 23, 2023

काठमाडौं– जनता समाजवादी पार्टी नेपालकातर्फबाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका विरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन । 

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार महतोले बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन भन प्रमिलाकुमारीले शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् । 

दुई जनालाई मन्त्री नियुक्त गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ ।  

प्रकाशित मिति:May 23, 2023