रौतहट । रौतहट स्थित आफ्नै छिमेकीको हत्या गरी फरार भएका अभियुक्त लाई प्रहरिले ३ दिनभित्रै पक्राउ गर्नु सफल भएको छ।गौर नगरपालिका ७ सिसवा टोलका बर्ष ४५ को यार महम्द खानको हत्यागरी फरार अभियुक्त स्थानिय शेख कवीरलाई प्रहरिले पक्राउ गरेको हो। पुरानो रिसवीको कारण गत शुक्रवार राति करिब साढे १०बजे खानको पेट र छातीमा छुरा प्रहार गरी फरार कविरलाई गौर स्थित रामजानकी मन्दिर छेउमा आईतवार प्रहरिले पक्राउ गरेको थियो। कबीर उपर कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थमाई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशंकर यादवले बताएका छन।
छुरा प्रहार बाट पेट र मुटुमा गम्भिर खत लागेका खान लाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टर ले मृत घोषणा गरेका थिए। घटनाको ४० मिनेट पछि खबर गर्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्न अघिनै आरोपी कबीर फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका ईन्सपेक्टर विन्देश्वर यादवले बताएका थिए।