इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

May 24, 2023

काठमाडौँ । इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिका इन्जिनियर अजय कुमार मेहताविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।  

सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिई गएको टोलीले इन्जिनियर मेहतालाई बीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। 

मेहतालाई बीस हजार बिगो सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

प्रकाशित मिति:May 24, 2023