रौतहटमा फेरी एकजना लाई गोली हानेर हत्या

Nepal Cover
११ जेष्ठ २०८०, बिहीबार
image

रौतहट ११ जेठ । रौतहटको गौर नगरपालिका ७ सिसावामा छुरा जानेर हत्या गरेको ४ दिन नबित्दै फेरी एकजना मानिस लाई गोली हानेर हत्या गरिएको छ।

रौतहटको देवाही गोनाही नगरपालीका १ करूनिया गाउँका  ७५ बर्षीय शेख तैयबलाई गोली हानी हत्या गरिएको हो । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन। ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्सपेक्टर गोबिन्द साहका अनुसार मृतक शेख तैयवको टाउकोमा गम्भिर खत देखिएकाे छ त्याे पोष्टार्टम रिपोर्ट आएपछी गोली लागेको वा अन्य हतियार प्रयोग भएको खुल्ने छ। देवाहि गोनाही १ करूनिया बाट लक्षमिनिय जाने बाटो छेउमा आज बिहान उनको शब फेला परेको इन्स्पेक्टर साहले बताएका छन ।

तैयबको गाएरातिनै कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। आज बिहान स्थानीयले खबर गरे लगतै प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेका तथा मृतकको शव पोषटमार्टमको लागी जिल्ला अस्पाताल गौर पठाएको ईलाका प्रहरी कार्यालय गोनाही ले जनाएको छ। ४ दिन अघिमात्र आपसी रिसिबिको कारण गौर ७ सिसवाका शेख कवीरले ४५ वर्षीय यार महमद खानको पेट र छातिमा छुरा प्रहार गरी हत्या गरेको थियो।

सञ्जय मिश्रा