जेठ १७ गतेदेखि प्रधानमन्त्रीको भारत भ्रमण

  Sampatti News Online

May 25, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने तयारी गरेका छन् ।

दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । यद्यपि, भ्रमणको मिति भने ओपचारिक रुपमा घोषणा गरिएको छैन ।

गत वैशाखमै भारत भ्रमणको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण मिति पछि सारेका थिए ।

जेठ १५ गते बजेट सार्वजनिक भएपछि १७ गते उनी भारत जाने तय भएको बताइएको छ ।

प्रकाशित मिति:May 25, 2023