राष्ट्रसंघद्वारा शान्ति स्थापनाका क्रममा निधन भएका दुई नेपाली सम्मानित

Nepal Cover
१२ जेष्ठ २०८०, शुक्रबार
image

माधव अधिकारी
काठमाडौँ, १२ जेठ
संयुक्त राष्ट्र संघले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति सुरक्षाका लागि खटिने क्रममा मृत्यु भएका दुई नेपालीलाई सम्मान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले नेपालका अनिल गुरुङ्ग र पशुपति कार्कीलाई मरणोपरान्त ड्याग ह्यामरशोल्ड मेडल प्रदान गरेका हुन् । संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत गुरुङ्ग कङ्गो र कार्की दक्षिणी सुडानमा शान्ति स्थापनार्थ कार्यरत थिए । राष्ट्रसंघ मुख्यालयद्वारा शान्ति स्थापनार्थ कार्य गर्दा निधन भएका १०३ सेना, प्रहरी र सर्वसाधारणलाई पिसकिपरको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो सम्मान प्रदान गरिएको थियो । राष्ट्रसंघले सन् २०१६ देखि शान्ति रक्षकहरुको समर्पण र अद्वितीय योगदानको कदर गरी सो सम्मान वितरण गर्दै आएको छ ।
हाल १२ वटा द्वन्द्वग्रस्त क्षेत्रमा ८७ हजार व्यक्ति शान्ति स्थापनार्थ खटिएका छन् । राष्ट्रसंघले १२५ देशमा शान्ति सुरक्षा कायम गर्न ७१ वटा अपरेशन सञ्चालन भइरहेको जनाएको छ ।